नेयमारको दुई गोलमा पिएसजी विजयी
ब्राजिलियन सुपरस्टार नेयमारले दुई गोल गरेसँगै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलेमाथि सानदार जित निकालेको छ । लिगको उपाधि दौडमा रहेको पीएसजीले आइतबार राति लिलेलाई उसैको मैदानमा २–० गोलले हरायो ।
पिएसजीको जितमा नेयमारले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेका थिए । नेयमारले २८औं मिनेटमा पहिलो गोल गरे । उनले थोमस म्युनियरको पासमा गोल गरेका थिए । त्यसपछि नेयमारले ५२औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे । केलियन एमबाप्पेको प्रहारलाई लिलेका ग्याब्रिएलले डिबक्स भित्र ह्यान्ड गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसलाई नेयमारल सही सदुपयोग गरे ।
जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २१ खेलबाट ५२ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा १० अंकले अगाडी छ । समान खेलबाट मार्सेलीको ४२ अंक छ । ३१ अंक बनाएको लिले सातौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण