लिभरपुल बराबरीमा रोकिँदा युनाइटेडको गोल बर्षा
इङ्लिस महारथि लिभरपुल एफए कप फुटबलमा कमजोर टोली श्रेसवरी टाउनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । श्रेसवरी टाउनको मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले सुरुवाती दोब्बर अग्रता लिएपनि जोगाउन सकेन ।
लिभरपुलका लागि कर्टिस जोनले १५औं मिनेटमा पहिलो गोल गरे । ४६औं मिनेटमा श्रेसवरी टाउनका डोनाल्ड लभको प्रहार आत्मघाती गोल भएपछि लिभरपुलले अग्रता दोब्बर बनायो । श्रेसवरी टाउनका जसोन कुमिङ्सले ६५औं र ७५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल नुहँदा खेल बराबरीमा सकियो ।
अर्को खेलमा म्यानचेस्टर यूनाइटेड ट्रान्मेरे रोभर्समाथि गोलबर्षा गर्दै पाँचौं चरणमा प्रवेश गरेको छ । युनाइटेडले ट्रान्मेरे रोभर्सलाई उसैको मैदानमा ६–० गोलले हरायो । युनाइटेडको जितमा ह्यारी मागुएरले १०औं, डिगो डालोटले १३औं, जेसे लिङगार्डले १६औं, फिल जोन्सले ४१औं, एन्थोनी मार्सियलले ४५औं र मासोन ग्रीनउडले ५६औं मिनेटमा पेनाल्टी मार्फत एक एक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण