सभामुखको पदभार सम्हाले सापकोटाले, तस्विरमा हेर्नुहोस्

काठमाडौँ । नवनिवार्चित सभामुख अग्निप्रसाद सापकोटाले सोमबार पदभार सम्हालेका छन् । सिंहदरवारस्थित आफ्नो कार्यकक्ष पुगेर सापकोटाले पदभार सम्हालेका हुन् ।
पदभार सम्हाल्दै आफ्नो विरोधमा सडकमा उठेका स्वरहरुलाई लोकतान्त्रिक प्रक्रियाकै रुपमा आफूले लिएको बताएका छन् ।
पदभारग्रहण गर्न सिंहदरवार पुगेका सभामुख सापकोटाले पत्रकाहरुको प्रश्नमा आफूमाथि प्रश्न उठेपनि ती प्रश्नहरु निरुपण हुँदै जाने विश्वास व्यक्त गरेका हुन् । ‘यो मुद्दा प्रक्रियामा रहेको छ, यसबारे थप नबोऔँ,’ उनले भने ।
सभामुख सापकोटाले अब संसदको कामलाई प्राथमिकताको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए । ‘समग्ररुपले जीवन्त र सजिवरुपमा जनतालाई हामीले चुनेका प्रतिनिधिनीहरुले लोकतान्त्रिक ढंगले छलफल गरेका भनेर विश्वास दिलाउने छु,’ उनले भने ।
आफूले भर्खरै पद बहाली गरेको बताउँदै सापकोटाले सचिवालयका बारेमा थप अध्ययन गरेर धारणा राख्ने बताए । ‘दार्शनिक राम्रोसँग अध्ययन गरेर बोल भनेका छन् । म राम्रोसँग बुझेर मात्र थप कुरा बोल्छु,’ उनले भने ।
बहसमा रहेको मिलेनियम च्यालेज कर्पोरेसन (एमसीसी) बारेमा थप हुने बताउँदै उनले यसबारे अहिले नै हतार गर्न नहुने जिकिर गरे ।
यसअघि उनले आजै शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम