फिल्म ‘२ नम्बरी’ बन्दै
काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘२ नम्बरी’ बन्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच फिल्म घोषणा गरिएको हो ।
लेखन समेत निर्देशक लामाको रहेको फिल्ममा दयाहाङ राई, पल शाह, बर्षा राउत, बुद्धि तामाङ लगायतको मुख्य भूमिकामा रहने कार्यक्रममा जानकारी दिइयो ।
दयाहाङ, वर्षा र पलको सहभागीता समेत रहेको कार्यक्रममा निर्देशक लामाले एकै ठाउँमा दुई साथीको मित्रता र दुश्मनीको कथामा फिल्म ‘२ नम्बरी’ बन्न लागेको बताए । उनले फिल्ममा समाजमा अपराधको रुपमा रहेको २ नम्बरी काम पनि कथामा समेटिएको सुनाए ।
कार्यक्रममा फिल्मको कथा मनपरेको पल शाहले बताउँदा अभिनेत्री वर्षा राउतले भने फिल्म हेर्दा दर्शकले आफ्नो भूमिका राम्रो पाउने धारणा राखिन् ।
रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।
किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको निर्माता रोहित कट्टेल र सरोज नेपाली रहेका छन् । अमलादेवी राई फिल्मको सह–निर्माता हुन् ।
२५ माघबाट छायाँकनमा जाने बताइएको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । फिल्मक नयाँ बर्षको जनैपूर्णिमामा रिलिज हुने कार्यक्रममा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण