अमेरिकीहरू सवार विमान गजनीमा खसालियो
एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार दुर्घटनाग्रस्त विमान विदेशी कम्पनीको भएकोे अफगानी अधिकारीले बताएका छन् । तालिवान समूहले विमान खसालेको दावी गरेको छ । दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने अनुमान स्थानीय अधिकारीले गरेका छन् तर यसलाई पुष्टि गर्ने आधारहरू अझै फेला नपरेका उनीहरूले बताएका छन् ।
‘स्थानीय समयअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक जिल्लामा विमान दुर्घटनाग्रस्त भएको थियो,’ प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । तालिवान विद्रोहीको प्रभाव क्षेत्र गजनी राज्यका गभर्नरले विमान दुर्घटना भएको तर यसबारे बिस्तृत विवरणहरू आउन नसकेको बताएका छन् ।
गभर्नर वाहिदुल्ला कालिमजाईले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘दुर्घटनाग्रस्त विमान विदेशी विमान कम्पनीको भएको उद्धारमा पुगेका अधिकारीहरूले आफूलाई बताएको तर तर यसलाई पुष्टि गर्ने आधारहरूको खोजी भइरहेको सूचना प्राप्त भएको छ ।’
उनले उक्तस्थानलाई सुरक्षा दिन सुरक्षाकर्मीहरू सोदुकिलतर्फ गइसकेको बताए । विमानमा कति जना सवार रहेका थिए भन्ने कुरा पनि खुल्न सकेको छैन । गजनीको ठूलो क्षेत्र तालिवान विद्रोहीको प्रभाव क्षेत्र हो र विद्रोहीको प्रभावका कारण सरकारी अधिकारीलाई त्यहाँ पुग्न कठिनाई भएको बताइएको छ । सामाजिक सञ्जालहरूमा दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एरियाना अफगान विमान सेवा रहेको बताइएपनि उक्त कम्पनीले दुर्घटनाग्रस्त विमानबारेका हल्ला ‘सही नभएको’ बताएको छ ।
यसैबीच अफगानी तालिवान समूहले विमान आफूहरूले खसालेको दावी गरेको छ ।‘अमेरिकीहरू सवार उक्त विमान गजनीमा खसालिएको छ,’ जाविहुल्ला मुजाहिदले पास्तो भाषामा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा विमानमा सवार सबैजनाको मृत्यु भएको दावी गरिएको छ । यसबारे अफगानिस्तानमा तैनाद नेटो सैनिकको आधिकारिक प्रतिक्रिया आइसकेको छैन । Photo: Pajhwok afaghan news
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण