म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्यो
गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीको उजुरी बढको पाइएको छ ।
गत आवको सुरुको ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संङ्ख्या ५५४ बाट ३५ प्रतिशतले बढेर चालु आवको सोही अवधिमा ७४८ पुगेको छ । गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको संख्या बढेको हो ।
वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको सुरुका छ महिनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोढ ९८ लाख २६ हजार ७२० रुपैयाँ दावीसहित उजुरी दिएको विभागले जनाएको छ ।
यसैगरी चालू आवको सोही अवधिमा ठगीमा परेको भन्दै ७४८ जना युवाले २३ करोड ९१ लाख ५ हजार १९३ रुपैयाँ दावी गरिी उजुरी दिएका छन् । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण