‘चारानाको मसला’का लागि हट बने स्वस्तिमा र सुपुष्पा
काठमाडौं । फिल्म ‘चपली हाइट ३’को छायाँकन सकिएको छ । फिल्ममा रहने ‘चारानाको मसला’ बोलको आइटम गीतको हालै गरिएको छायाँकनसँगै फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्माता अर्जुनकुमारले जानकारी दिए ।
‘चारानाको मसला’ बोलको आइटम गीत हालै राजधानीमा छायाँकन गरिएको हो । जसको जानकारी निर्माता अर्जुनकुमारले छायाँकन समयका केही तस्बिर सार्वजनिक गर्दै गराएका छन् ।
तस्बिरमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम र महेश त्रिपाठी देखिएका छन् । डान्स क्लबमा खिचिएको उक्त तस्बिरमा अभिनेत्रीद्धोय स्वस्तिमा र सुपुष्पालाई हट एण्ड बोल्ड अन्दाजमा देख्न सकिन्छ ।
सुवाष भुषालको संगीत, अस्मिता अधिकारी र राज खुम्बुको स्वर रहेको गीतमा कलाकारलाई नचाउने काम प्रदीप लामाले गरेका थिए ।
आउँदो चैत २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चपली हाइट ३’का निर्देशक निकेश खड्का हुन् । फिल्मको यो आइट गीत एक कार्यक्रम सहित छिट्टै सार्वजनिक गरिने निर्माण युनिटले जनाएको छ ।
फिल्म अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण