सुर्खेतमा टिपरले किचेर युवकको मृत्यु
मङ्गलबार, १४ माघ २०७६, १३ : ३४
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।
कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए । उनका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।
मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइको र मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण