सरकारविरुद्ध भ्रम छरे नेकपाका नेता–कार्यकर्तामाथि कारवाही
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी र सरकारविरुद्ध जनतामा भ्रम छर्नेगरी पार्टी अनुशासन र पद्धति विपरित बोल्ने, लेख्ने तथा त्यसविपरित भेला बैठक गर्ने काम बन्द गर्ने भएको छ ।
नेकपाको जारी केन्द्रीय समिति बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा सो कुराको प्रस्ताव गरिएको हो ।
‘पार्टीलाई विधि, अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्न आवश्यक छ । अनुशासनहिन काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्नेछ,’ नेकपाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै नेकपाको राजनीतिक प्रतिवेदनमा सरकारका कामहरुको सामान्य समिक्षा गरिएको छ । जसमा संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रणाली र अभ्यासको सन्र्दभलाई ध्यानमा राख्नुपर्ने तथा पार्टी एकताको विशिष्ठता र यो प्रकृयामा भएको ढिलाईको सन्दर्भलाई पनि विचार गर्नुपर्ने उल्लेख छ ।
‘लामो समयसम्म पार्टी कमिटीहरुको अभावले गर्दा न सरकारले गरेका राम्रा कामहरुको व्यवस्थित रुपले जनतामा प्रचार हुनसक्यो न सरकारलाई कमिकमजोरीबाट बचाउन पार्टीले नेतृत्वदायी भूमिका नै खेल्न सक्यो,’ प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै सरकारले संघीय प्रणाली कार्यन्वयनमा आवश्यक नीति र कानुनहरु बनाउनुलाई नेकपाले सकारात्मक भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण