बालुवा र परालले पुरेको अवस्थामा युवकको शव भेटियो
बुधबार, १५ माघ २०७६, २० : २१
मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ ।
माघ ९ गते घुम्न भन्दै मे १०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका कट्वालको शव केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो ।
विराटनगर महानगरपालिका– ४ मा युवकको हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार कट्वाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण