अफगानिस्तानमा झन् बढ्यो हिंसा
एजेन्सी । अफगानिस्तानमा गत वर्षको पछिल्लो समयमा हिंसा झनै बढेको समाचारमा जनाइएको छ । गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्याको संख्यामा बृद्धि भएको बताइएको हो । विशेषगरी राजधानी काबुलमा पहिलाको तुलनामा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झनै बृद्धि भएको बताइएको हो ।
अमेरिकी सरकारको निगरानीमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । यसअघि तुलनात्मक रुपमा अफगानिस्तानको राजधानी काबुलमा अन्य स्थानको तुलनामा शान्ति रहेकोमा गत वर्षको पछिल्लो चार महिनाको अनुगमनबाट हत्याका घटनामा बृद्धि भएको देखिएको हो ।
अघिल्लो वर्ष अमेरिका र तालिबानबीचमा अफगानिस्तानको काबुलमा रहेका अमेरिकी सेनालाई के कसरी हटाउने भन्ने बारेमा पनि कुराकानी भएको थियो । अमेरिकी सरकारले तालिबान युद्धको अन्त्यका लागि शान्ति वार्ताको बारेमा पनि आवश्यक परामर्श गरेको थियो । तर वार्ता भने सम्भव हुन सकेन । तर त्यस वार्ता अवधिमा भने तालिबानहरुबाट हिंसा भएको थिएन । उनीहरुले युद्धविराम नै नगरेको भए पनि काबुलमा भने हत्याका घटनामा कमी आएको थियो ।
अमेरिकी सरकारको उक्त निगरानी निकायद्धारा शुक्रबार सार्वजनिक गरिएको तथ्यांकमा गत वर्षको पछिल्लो चार महिनामा ८ हजार २०४ ओटा आक्रमणका घटना भएको थियो । यो संख्या यसै अवधिको अघिल्लो वर्षको भन्दा बढी हो । यसै अवधिमा सन् २०१८ मा ६ हजार ९४७ ओटा घटना भएको थियो ।
सेप्टेम्बर महिनामा अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदान भएको थियो । त्यस समयमा झनै धेरै आक्रमणका घटना भएका थिए । सेप्टेम्बर महिनामा सन् २०१० पछिको सबैभन्दा धेरै आक्रमणका घटना भएका थिए । तालिबानहरुले आक्रमणका घटनामा बृद्धि भएपछि अमेरिकी सेनाले आक्रामक कारबाही गर्ने गरेको भए पनि त्यसको प्रभावकारीता भने देखिएको छैन ।
पछिल्लो छ महिनाको अवस्था हेर्दा अफगानिस्तानको समग्र क्षेत्रमा छ प्रतिशतले आक्रमणका घटनामा बृद्धि भएको बताइएको छ । ती मध्येका उनीहरुका आक्रमणहरु करिब ४ प्रतिशत त प्रभावकारी नै भएका थिए । उता अमेरिकाले पनि गत वर्ष कारबाहीका घटनामा बृद्धि गरिरहेको छ । अमेरिकाले युद्धक विमानहरुको प्रयोग गर्ने र तालिबानको प्रभाव रहेका भनिएका क्षेत्रहरुमा हवाई आक्रमणहरु पनि बढाएको छ ।
अफगानिस्तानमा सन् २००१ मा तालिबान शासनको अन्त्य भएपछि उनीहरुले यहाँ सशस्त्र हिंसा मच्चाएका छन् । Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण