बायर्न म्युनिख शीर्ष स्थानमा
साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई ३–१ गोलले हरायो । मेन्जको मैदानमा भएको खेलमा बायर्नलाई जिताउन रोबर्टो लेवान्डोस्कीले आठौं मिनेटमा खाता खोले । १४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । थियागोले २६औं मिनेटमा तेस्रो गोल थपेका थिए । मेन्जका जेरिमिहा जुस्टेले ४५औं मिनेटमा एक गोल फर्काए ।
दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपटि बायर्न सजिलै विजयी भयो । जितसँगै शीर्ष स्थान कब्जा गरेको बायर्नले २० खेलबाट ४२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपिजिजको ४१ अंक छ । शनिबार रातिनै भएको खेलमा लेइपिजिज बोरुसिया मोन्चेङग्लाडबाचसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । बायर्नसँग हारेको मेन्ज १८ अंक सहित १५औं स्थानमा छ । ३९ अंक बनाएको मोन्चेङग्लाडबाच चौथो स्थानमा छ ।
यसैगरी अर्को खेलमा बोरुसिया डर्टमन्डले जर्मन युनियन बर्लिनलाई ५–० गोलले हराएको छ । एकपक्षीय खेलमा डर्टमन्डको फराकिलो जितमा जेडन सान्चोले १३औं मिनेटमा सुरुवाती गोल गरे । नर्वेका स्ट्राइकर एर्लीङ हालान्डले दुई गोल गरे । हालान्डले १८औं र ७६औं मिनेटमा गोल गरेका थिए ।
मार्को रिउसले ६८औं मिनेटमा पेनाल्टीमा र ७०औं मिनेटमा एक्सल विटसलले गोलगर्दै डर्टमन्डलाई फराकिलो जित दिलाए । जितसँगै तेस्रो स्थानमा उक्लिएको डर्टमन्डले २० खेलबाट ३९ अंक बनाएको छ । २३ अंक बनाएको बर्लिन १२औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण