केन्द्रीय समिति बैठक आजै समापन गर्ने सचिवालयको निर्णय
काठमाडौँ । नेकपा सचिवालय बैठकले जारी केन्द्रीय समिति बैठक आजै समापन गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ‘केन्द्रीय समिति बैठक आज नै समापन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।
उनका अनुसार केन्द्रीय कमिटीका सदस्यहरुले राखेका विभिन्न जिज्ञासा र सुझावलाई सम्बोधन गर्ने गरी नेताहरुबीच छलफलसमेत भएको छ । चार दिनअघि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तीनै प्रतिवेदनलाई आधार बनाएर केन्द्रीय समितिमा समूहगत छलफल भएको थियो । समूहगत छलफल सकिएपछि अध्यक्ष र महासचिवले आजै जवाफ दिने र बैठक समापन गर्ने नेताहरुको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण