मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठक आजै समापन गर्ने सचिवालयको निर्णय

आइतबार, १९ माघ २०७६, १३ : ४६
आइतबार, १९ माघ २०७६

काठमाडौँ । नेकपा सचिवालय बैठकले जारी केन्द्रीय समिति बैठक आजै समापन गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ‘केन्द्रीय समिति बैठक आज नै समापन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कमिटीका सदस्यहरुले राखेका विभिन्न जिज्ञासा र सुझावलाई सम्बोधन गर्ने गरी नेताहरुबीच छलफलसमेत भएको छ । चार दिनअघि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तीनै प्रतिवेदनलाई आधार बनाएर केन्द्रीय समितिमा समूहगत छलफल भएको थियो । समूहगत छलफल सकिएपछि अध्यक्ष र महासचिवले आजै जवाफ दिने र बैठक समापन गर्ने नेताहरुको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप