मोटरसाइकल दुर्घटना गराउने व्यक्ति खोज्न माग गर्दै लम्कीमा प्रदर्शन
कैलाली । मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको घटनालाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा सडकखण्ड आज तनावग्रस्त बनेको छ । मोटरसाइकल दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारवाहीको माग गर्दै स्थानीयवासीले बिहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने क्रममा प्रहरीमाथि ढुङगा प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको हो ।
स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । यसक्रममा प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रयोग गरेको थियो । ढुङ्गा प्रहारबाट प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टसहित केही प्रहरी सामान्य घाइते भएका छन् ।
लम्कीचुहा सडकखण्ड अवरुद्ध हुँदा यातायात आवागमन बिहानैदेखि ठप्प छ । शुक्रबार राति सो सडकखण्डमा से२प१८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लम्की चुहानगरपालिका–६ का मायाराम चौधरीको मृत्यु भएको थियो । प्रहरीले उक्त मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । अहिले समस्या समाधानका लागि सर्वपक्षीय बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण