धादिङबाट २० किलोग्राम लागुऔषधसहित ५ जना पक्राउ
सोमबार, २० माघ २०७६, १९ : २९
धादिङ । धादिङ प्रहरीले २० किलोग्राम लागूऔषसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले बेनिघाट रोराङ गाउँपालिका ४ मलेखुस्थित ताल्ती जाने सडकबाट आइतबार ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भई धादिङ काफलफेदी बस्ने सुकलाल गेम्बो, सोही ठाउँ बस्ने भीमबहादुर गोम्बो, पासाङ तामाङ, कान्छामान तामाङ र म्याग्दी मालिकाका तिलक विक रहेका छन् । उनीहरुबाट लागुऔषध चरेश २० किलो, लागुऔषध चरेश बनाउन प्रयोग हुने केमिकल १ लिटर, २ लाख ४० हजार नगद र ४ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण