सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

धादिङबाट २० किलोग्राम लागुऔषधसहित ५ जना पक्राउ

सोमबार, २० माघ २०७६, १९ : २९
सोमबार, २० माघ २०७६

धादिङ ।  धादिङ प्रहरीले २० किलोग्राम लागूऔषसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले बेनिघाट रोराङ गाउँपालिका ४ मलेखुस्थित ताल्ती जाने सडकबाट आइतबार ५ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भई धादिङ काफलफेदी बस्ने सुकलाल गेम्बो, सोही ठाउँ बस्ने भीमबहादुर गोम्बो, पासाङ तामाङ, कान्छामान तामाङ र म्याग्दी मालिकाका तिलक विक रहेका छन् । उनीहरुबाट लागुऔषध चरेश २० किलो, लागुऔषध चरेश बनाउन प्रयोग हुने केमिकल १ लिटर, २ लाख ४० हजार नगद र ४ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप