शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

सोमबार, २० माघ २०७६, २२ : ०६
सोमबार, २० माघ २०७६

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ बलघासमा ट्याक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । बडिगाड बलघासको बडिगाड खोलाबाट गैरीगाउँतर्फ ढुङ लिएर गएको ध १ त ३७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सहचालक आश्विन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

उकालो सडकमा ट्याक्टर रोकी वेट राख्ने क्रममा ट्याक्टर अचानक गुडेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी सहायक निरीक्षक धर्मराज खनालले जानकारी दिए । खनालका अनुसार ट्याक्टर चालक सन्तोष परियारलाई भिमगिठे बजारबाट नियन्त्रणमा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप