टर्कीको सेनामाथि ‘भुलबस’ आक्रमण: रूस
एजेन्सी । सिरियामा द्वन्द्वरत पक्षहरूको मेलमिलापका लागि रूसी केन्द्रले सोमबार सिरियाको इद्लिब क्षेत्रमा टर्कीको सेनामाथि सिरियाले गरेको कारबाही ‘दुर्घटनाबस’ भएको बताएको छ । टर्कीको सेनामाथि इद्लिबमा आतङ्कवादी लडाकू भनेर सिरियाली सेनाले ‘दुर्घटनाबस’ कारबाही गरेको र आक्रमणमा टर्कीका केही सेनाको हताहत भएको रूसी केन्द्रले बताएको छ ।
टर्कीको सेनाको एक समूहले इद्लिबमा शुक्रबार रातिदेखि सिरियाली सेराकब गाउमा चहलपहल गरेको तर युद्धविराम सम्झौता अनुसार रूसलाई जानकारी नगराएका कारण ‘दुर्घटनाबस’ ‘टर्कीको सेनालाई नै आतङ्ककारी’ को चहलपहल मानेर सिरियाली सेनाले आक्रमण गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
रूस र टर्कीको पहलमा सिरियाको विद्रोही समूहको प्रभाव क्षेत्र मानिने इद्लिब प्रान्तमा युद्धविराम सहमति अनुसार टर्कीको सेना तैनाथ भएको छ भने यसको अनुगमन रूसी वायुसेनाले गरिरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा टर्कीको सेनाले सिरियाको सीमापार नगरेको पनि जनाइएको छ । Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण