मास्क लगाउन अस्वीकार गर्ने चिनियाँ महिला पक्राउ, प्रहरीसँग घम्साघम्सी
काठमाडौँ । कोरोना भाइरसको माहामारी फैलिरहेको बेला मास्क लगाउन अस्वीकार गर्ने एक चिनियाँ महिलालाई प्रहरीले गिरफ्तार गरेको छ ।
कोरोना भाइरसको माहामारी फैलिएको चीनका विभिन्न स्थानमा अहिले मास्क नलगाइ घरबाहिर निस्कन अधिकारीहरुले प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचारअनुसार किउ नाम गरेकी दक्षिणी चीनको सेनजेन सहरकी ती महिला बिना मास्क एक सुपमार्केटमा भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो ।
सुपमार्केट गान्डोस प्राप्तमा पर्छ, जहाँ गत जनवरी २६ देखि अर्को व्यवस्था नभएसम्मका लागि अधिकारीहरुले अनिवार्यरुपमा मास्क लगाएर हिँड्न स्थानीयलाई आग्रह गरेका थिए ।
तर सरकारी आग्रहविपरित सुपरमार्केटमा बिना मास्क देखापरेकी ती महिलालाई सुरुमा त्यहाँका व्यापारीले मास्क लगाउन वा त्यहाँबाट बाहिरिन भनेका थिए ।
उनले सो आग्रह अस्वीकार गर्दै उल्टै बावविवाद गर्न थालिन् । पछि प्रहरी आएर उनलाई गिरफ्तार गर्यो । सो घटनासम्बन्धी सार्वजनिक भएको सीसीटीभी फुटेजमा महिलालाई प्रहरीले पक्राउ गर्दै गरेको दृश्य देखिन्छ, सो क्रममा उनले प्रहरीसँग पनि निकै विवाद गरेकी थिइन् ।
भिडियो फुटेजमा नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई समेत लात्ताले हानेको देखिन्छ भने प्रहरीले पनि भूईमा लडाउँदै उनको हात पछाडि फर्काएर बाँधेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण