चीनबाहिर दोस्रो कोरोनाभाइरस संक्रमितको मृत्युः हङकङमा ३९ वर्षीय बिरामीले ज्यान गुमाए
हङकङमा कोरोनाभाइरसबाट संक्रमित एक ३९ वर्षीय बिरामीको मृत्यु भएको छ । यस भाइरसको संक्रमणबाट हङकङमा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो ।
हङकङको क्वाइ चुङमा रहेको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान हृदयघातका कारण भएको साउथ चाइना मर्निङ पोष्टले तीनवटा स्रोतको हवाला दिँदै समाचार प्रकाशित छ ।
चीनको वुहानबाट सुरु भएको यस खतरनाक भाइरसबाट संक्रमित हुने उनी हङकङका १३ औँ बिरामी थिए ।
उनी गत जनवरी २१ मा हुबेईको वुहान पुगेर दुई दिनपछि ग्वानझाओ–सेन्जेन–हङकङ एक्सप्रेस रेलमार्गबाट हङकङ फर्किएका थिए ।
उनलाई जनवरी ३१ बाट ज्वरो आउन सुरु भएको थियो । उनलाई सोही दिन याउ मा तेइमा रहेको क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको थियो ।

प्रिन्सेस मार्गरेट अस्पताल
उनी आफ्ना ७२ वर्षीया आमासँग ह्वामपोआ गार्डेनमा बस्दै आएका थिए । उनलाई पनि फेब्रअुरी २ मा भाइरसको संक्रमणमा अस्पताल भर्ना गरिएको थियो । उनी हङकङका यस भाइरसबाट संक्रमित १५ औँ बिरामी थिइन् । उनको भने चीनमा यात्रा गरेको कुनै दस्तावेज छैन ।
चीनबाहिर यस भाइरसबाट संक्रमित बिरामीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि फिलिपिन्समा कोरोनाभाइरस संक्रमित बिरामीले ज्यान गुमाएका थिए ।
उता, सोमबारसम्म चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय २५ पुगेको छ । सोमबार मात्र थप ६४ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका थिए । यस भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २० हजार ४ सय ३८ पुगेको छ ।
यो भाइरसको संक्रमण दुई दर्जन बढी देशमा फैलिसकेको छ । चीनबाहिर १५० जनाभन्दा बढीमा यस भाइरसको संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण