धुर्मुसको ‘सेन्टी भाइरस’को विदेश राइट १ करोड १५ लाखमा बिक्यो
काठमाडौं । सिताराम कट्टले (धुर्मुस) र कुन्जना घिमिरे ( सुन्तली)ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को विदेश राइट बिक्री भएको छ । फिल्मको विदेश राइट अमेरिकाको नेप्सिने कम्पनीले किनेको हो ।
१ करोड १५ लाखमा फिल्मको विदेश राइट बिक्री गरिएको कलाकार तथा निर्माता सिताराम कट्टेलले जानकारी दिए ।
नेप्सिनेका प्रमुख विधान कार्की र फिल्म निर्माण कम्पनी सुविहानी फिल्मस्का सिताराम कट्टेल (धुर्मुस)ले फिल्मको बिदेश राइटका लागि सम्झौता गरेका छन् ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको मुनाफाको ५० प्रतिशत रकम जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने यस अगाडि निर्माण युनिटले घोषणा गरेको छ ।
शिवरात्रीको अवसर पारेर फागुन ९ देखि सार्बजनिक प्रदर्शनमा आउने फिल्म कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।
सितारामसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको फिल्म सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको हो ।
डिन्डू लामा ह्याल्मोनिर्माता रहेको फिल्मको सह निर्मातामा फुर्पा ह्याल्मो रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण