हिरोइन भन्दा जिस्क्याए जस्तो लाग्छः लक्ष्मी बर्देवा
काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवाले आफूलाई हिरोइन भन्दा जिस्क्याए जस्तो लाग्ने बताएकी छन् । केही दिन अगाडि रातोपाटी लाइभमा कुरा गर्दै उनले सो कुरा बताएकी हुन् ।
‘हामीले बुझ्दै आएको हिरोइनको मानकचित्रमा म लुक्सको हिसाबले अटाउदिनँ होला । त्यो मैले स्वीकार गर्नुपर्छ र भन्दै पनि आएकी छु’ लक्ष्मीले भनिन् ‘क्यारेक्टरका हिसावले निर्माता निर्देशकहरुले मलाई सम्झनुहुन्छ । म आफूलाई हिरोइन भन्दा पनि कलाकार भन्न रुचाउछु ।’ लक्ष्मीले हिरोइन भनेर बोलाउदा आफूलाई जिस्काएको जस्तो लाग्ने पनि बताइन् ।
रंगमञ्च हुँदै नेपाली फिल्म क्षेत्रमा समेत आफूलाई स्थापित गर्न सफल लक्ष्मीलाई फिल्ममा जीवन्त अभिनय गर्न सक्ने खुबी भएकी अभिनेत्रीको रुपमा पनि लिइन्छ ।
करिब दर्जन हाराहारीको फिल्म अभिनय गरेपनि केही पहिले रिलिज महिला टेम्पो चालकको भूमिकामा बनेको फिल्म ‘बुलबुल’बाट उनी सबै माझ चिनिएकी हुन्् । त्यस फिल्ममा उनले निर्वाह गरेको चारित्रले दर्शक माझ बेग्लै छाप छोड्न समेत सफल भएको छ ।
मण्डला थिएटरमा अभिनय प्रशिक्षणसँगै नाटक, छोटा फिल्म, म्यूजिक भिडियो हुँदै फिल्म अभिनयमा होमिएकी लक्ष्मी फिल्म ‘सेल्फी किङ’ प्रमोसनको सिलसिलमा रातोपाटी आएकी थिइन् ।
सोही क्रममा उनले ‘सेल्फी किङ’ सबैले हेर्नुपर्ने र मनपर्ने फिल्म बनेको बताइन् ।
आगामी शुक्रबार अर्थात यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘सेल्फी किङ’मा उनी अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकामा छिन् । श्रीमानको अभिनय क्षेत्र नबुझ्ने र सधै श्रीमानलाई कचकच गर्ने श्रीमतीको भूमिका फिल्ममा आफूले निर्वाह गरेको उनले सुनाइन् ।
विशाल सापकोटा निर्देशित फिल्म ‘सेल्फी किङ’ दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् । फिल्मको प्रदर्शन पछि आफ्नो अभिनय करियर अझै उभो लाग्ने लक्ष्मीको आशा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण