हिरोइन भन्दा जिस्क्याए जस्तो लाग्छः लक्ष्मी बर्देवा

काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवाले आफूलाई हिरोइन भन्दा जिस्क्याए जस्तो लाग्ने बताएकी छन् । केही दिन अगाडि रातोपाटी लाइभमा कुरा गर्दै उनले सो कुरा बताएकी हुन् ।
‘हामीले बुझ्दै आएको हिरोइनको मानकचित्रमा म लुक्सको हिसाबले अटाउदिनँ होला । त्यो मैले स्वीकार गर्नुपर्छ र भन्दै पनि आएकी छु’ लक्ष्मीले भनिन् ‘क्यारेक्टरका हिसावले निर्माता निर्देशकहरुले मलाई सम्झनुहुन्छ । म आफूलाई हिरोइन भन्दा पनि कलाकार भन्न रुचाउछु ।’ लक्ष्मीले हिरोइन भनेर बोलाउदा आफूलाई जिस्काएको जस्तो लाग्ने पनि बताइन् ।
रंगमञ्च हुँदै नेपाली फिल्म क्षेत्रमा समेत आफूलाई स्थापित गर्न सफल लक्ष्मीलाई फिल्ममा जीवन्त अभिनय गर्न सक्ने खुबी भएकी अभिनेत्रीको रुपमा पनि लिइन्छ ।
करिब दर्जन हाराहारीको फिल्म अभिनय गरेपनि केही पहिले रिलिज महिला टेम्पो चालकको भूमिकामा बनेको फिल्म ‘बुलबुल’बाट उनी सबै माझ चिनिएकी हुन्् । त्यस फिल्ममा उनले निर्वाह गरेको चारित्रले दर्शक माझ बेग्लै छाप छोड्न समेत सफल भएको छ ।
मण्डला थिएटरमा अभिनय प्रशिक्षणसँगै नाटक, छोटा फिल्म, म्यूजिक भिडियो हुँदै फिल्म अभिनयमा होमिएकी लक्ष्मी फिल्म ‘सेल्फी किङ’ प्रमोसनको सिलसिलमा रातोपाटी आएकी थिइन् ।
सोही क्रममा उनले ‘सेल्फी किङ’ सबैले हेर्नुपर्ने र मनपर्ने फिल्म बनेको बताइन् ।
आगामी शुक्रबार अर्थात यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘सेल्फी किङ’मा उनी अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकामा छिन् । श्रीमानको अभिनय क्षेत्र नबुझ्ने र सधै श्रीमानलाई कचकच गर्ने श्रीमतीको भूमिका फिल्ममा आफूले निर्वाह गरेको उनले सुनाइन् ।
विशाल सापकोटा निर्देशित फिल्म ‘सेल्फी किङ’ दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् । फिल्मको प्रदर्शन पछि आफ्नो अभिनय करियर अझै उभो लाग्ने लक्ष्मीको आशा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार