कतार एयरवेज अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको आधिकारिक एयरलाइन
बुधबार, २२ माघ २०७६, १६ : १२

दोहा– कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ)को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ ।
विश्व क्यान्सर दिवसको २०औँ वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइएको हो । यूआईसीसी एक गैर–सरकारी संस्था हो जसले क्यान्सर नियन्त्रणलाई विश्व स्वास्थ्यमा प्राथमिकतामा राखी क्यान्सर समुदायलाई एकजुट गर्दछ ।
संघले २०२० विश्व क्यान्सर महासम्मेलन २०–२२ अक्टोबर, २०२० मा ओमानको मस्कटमा आयोजना गर्ने जानकारी पनि दिएको छ ।
कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले विश्व क्यान्सर दिवसको २० औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठित संघको आधिकारिक प्रायोजक बन्न पाएकोमा गर्भवान्वित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’