कतार एयरवेज अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको आधिकारिक एयरलाइन
बुधबार, २२ माघ २०७६, १६ : १२
दोहा– कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ)को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ ।
विश्व क्यान्सर दिवसको २०औँ वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइएको हो । यूआईसीसी एक गैर–सरकारी संस्था हो जसले क्यान्सर नियन्त्रणलाई विश्व स्वास्थ्यमा प्राथमिकतामा राखी क्यान्सर समुदायलाई एकजुट गर्दछ ।
संघले २०२० विश्व क्यान्सर महासम्मेलन २०–२२ अक्टोबर, २०२० मा ओमानको मस्कटमा आयोजना गर्ने जानकारी पनि दिएको छ ।
कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले विश्व क्यान्सर दिवसको २० औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठित संघको आधिकारिक प्रायोजक बन्न पाएकोमा गर्भवान्वित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण