एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी
काठमाडौं– एन आई सी एशिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बिमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे । यस बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिँदै आइरहेकोमा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने भएका छन् ।
उक्त समझदारीअनुसार सूर्या लाइफका ग्राहक महानुभावहरुले यस बैंकका क्यूआर कोड, कार्ड पीओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सकिन्छ ।
यस समझदारी पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउनुहुनेछ भने भीड रहित र सरल सेवा पनि प्राप्त गर्न सकिन्छ ।
साथै, आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध हुनेछ । विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिइरहेकोमा एन.आइ.सी एशियाले पनि यसै गरि डिजिटल भुक्तानीलाई बढाउँदै लानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण