मौसमी रुघाखोकी र भाइरल ज्वरोका कारण चार सय बिरामी
सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् ।
सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन् । मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्यचौकीका वरिष्ठ अहेव अर्जुन कार्कीले बताए ।
“स्वास्थ्यचौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ”, उनले भने, “गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो तर गाउँभरि नै बिरामी थला परेकाले अहिले समस्या भएको छ ।”
गाउँमा रुघाखोकी र भाइरल ज्वरोले आक्रान्त वृद्धवृद्धा र बालबालिकाको समयमै उपचार हुन नसके यसले ठूलो रूप लिन सक्ने स्थानीयवासी नुर्बु बुढाले बताए ।
हुम्लामा मौसमी रुघाखोकीका कारण विभिन्न गाउँपालिकाका १४ जनाको मृत्यु भइसकेको छ । जिल्लाभरि सयौँ बिरामी परेको स्वास्थ्य सेवा कार्यालयका नर्सिङ इन्चार्ज सरिता बोहोराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त