रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
शुक्रबार, २४ माघ २०७६, १८ : ४०
बुटवल । पूर्वपश्चिमा राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना २ कालिकाचोकमा आज साँझ भएको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरीकाअुनसार दुर्घटनामा रोल्पा नगरपालिका– ३ खुमलेका २५ वर्षका ताराप्रसाद केसीको मृत्यु भएको हो ।
पश्चिमतर्फ जाँदै गरेको लु २६ प ८१८० नम्बरको मोटरसाइकलले लु २ ख ३७९८ नं को टिपरलाई उछिन्न खोज्दा अनियन्त्रित भई पल्टिएको थियो । उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालक भने इलाका प्रहरी कार्यालय मुर्गियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण