आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

शुक्रबार, २४ माघ २०७६, १८ : ४०
शुक्रबार, २४ माघ २०७६

बुटवल । पूर्वपश्चिमा राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना २ कालिकाचोकमा आज साँझ भएको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरीकाअुनसार दुर्घटनामा रोल्पा नगरपालिका– ३ खुमलेका २५ वर्षका ताराप्रसाद केसीको मृत्यु भएको हो ।

पश्चिमतर्फ जाँदै गरेको लु २६ प ८१८० नम्बरको मोटरसाइकलले लु २ ख ३७९८ नं को टिपरलाई उछिन्न खोज्दा अनियन्त्रित भई पल्टिएको थियो । उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालक भने इलाका प्रहरी कार्यालय मुर्गियाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप