बुहानमा कोरोना भाइरस संक्रमित पहिचान गर्न प्रहरीले थाल्यो प्रत्येक घरमा छापा मार्ने अभियान
एजेन्सी । बुहानमा गम्भीर रुप लिएको कोरोनाभाइरस संक्रमणसँग लड्नको लागि प्रशासनले आक्रमक शैली अपनाएको छ । बुहान प्रहरी अहिले घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ ।
सरकारले प्रहरीलाई कोरोनाभाइरस संक्रमितलाई क्वारेन्टाइनमा राख्नको आदेश दिएको छ । तर यी सम्पूर्ण प्रयासका बावजुद पछिल्लो चार दिनमा संक्रमितको संख्या बढेर दुई गुणा भएको छ ।
स्थायी अस्पतालमा बिरामी
अधिकारीहरुले अहिले अस्पतालमा कम बेड संख्याको कारण विरामीलाई अस्थायी अस्पतालमा भर्ती गरिरहेको छ ।
बुहान खेलकुल रंगशाला, प्रदर्शनी केनद्र र नयाँ विल्डीङ कम्प्लेक्सहरुमा विरामीलाइृ एक ठाँउमा राखिएको छ ।
होङ्गाशान स्टेडियममा जाँचको लागि मेसिन नै जडान गरिएको छ । चिकित्सकका अनुसार यदी कसैलाई उपचारको आवश्यकता पर्यो भने तिनलाई बाँकीबाट अलग राखिन्छ ।
सामाजिक संजाललाई सरकारले चलाउने चर्चा
युनिर्भसिटी अफ हङकङसँग काम गरिरहेका स्वतन्त्र संस्था ‘द चाइना मिडिया प्रोजेक्ट’का अनुसार चिनिया प्रशासन समाजिक संजाल कम्पनीको कामकारबाहीबाट सन्तुष्ट छैन ।
समाजिक संजालबाट कोरोनाभाइरसको प्रकोपबारे धेरै दुष्प्रचार फैलिरहेको कुरामा सरकार असन्तुष्ट छ ।
रिपोर्ट अनुसार देशका केही ठूला प्रवधि कम्पनी सिनो वीबो, टेनसेन्ट र बाइडान्सलाई सरकारको नेतृत्वले चलाउन लागेको छ । सरकारी नियन्त्रणमा तिन वेबसाइटले संजालले कोरोनाभाइरसविरुद्धको लडाईमा सकारात्मक भूमिका निभाउने सरकारी स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण