सन्चो नभएपछि भावुक भएका कार्तिकले सारालाई बोकेर हिँडेपछि...
आइतबार, २६ माघ २०७६, ११ : ४८
यतिबेला बलिउडमा अभिनेता कार्तिक आर्यन र सारा अली खानको प्रेम सम्बन्धले चर्चा पाइरहेको छ । विशेषतः सारा र आर्यन आफ्नो नयाँ फिल्म ‘लव आज कल’ को प्रमोशनमा व्यस्त रहेका छन् ।
प्रमोशनको क्रममा सारा र आर्यनले गरेका विभिन्न क्रियाकलाप मिडियाको लागि चर्चाको विषय बनिरहेको छ ।
यसैबीच, सामाजिक सञ्जालमा यी दुईको विभिन्न भिडियोहरु भाइरल भइरहेको छ । एउटा भिडियोमा कार्तिकले सारालाई काखमा बोकेर हिडिँरहेको देख्न सकिन्छ । स्रोतका अनुसार प्रमोशनका क्रममा सारा बिरामी भएकीले कार्तिकले उनलाई बोकेका हुन् ।
कार्तिक र साराको उक्त भिडियो इन्स्टाग्राममा सेयर गरिएको छ । कार्तिकले बोकेपछि सारा हाँसिरहेकी छिन् ।
उनीहरुको नयाँ फिल्म ‘लव आज कल’ यही फेब्रअरी १४ मा रिलीज हुँदैछ । फिल्मको निर्देशन इम्तियाज अलीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण