बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सन्चो नभएपछि भावुक भएका कार्तिकले सारालाई बोकेर हिँडेपछि...

आइतबार, २६ माघ २०७६, ११ : ४८
आइतबार, २६ माघ २०७६

यतिबेला बलिउडमा अभिनेता कार्तिक आर्यन र सारा अली खानको प्रेम सम्बन्धले चर्चा पाइरहेको छ । विशेषतः सारा र आर्यन आफ्नो नयाँ फिल्म ‘लव आज कल’ को प्रमोशनमा व्यस्त रहेका छन् । 

प्रमोशनको क्रममा सारा र आर्यनले गरेका विभिन्न क्रियाकलाप मिडियाको लागि चर्चाको विषय बनिरहेको छ । 

यसैबीच, सामाजिक सञ्जालमा यी दुईको विभिन्न भिडियोहरु भाइरल भइरहेको छ । एउटा भिडियोमा कार्तिकले सारालाई काखमा बोकेर हिडिँरहेको देख्न सकिन्छ । स्रोतका अनुसार प्रमोशनका क्रममा सारा बिरामी भएकीले कार्तिकले उनलाई बोकेका हुन् । 

 

कार्तिक र साराको उक्त भिडियो इन्स्टाग्राममा सेयर गरिएको छ । कार्तिकले बोकेपछि सारा हाँसिरहेकी छिन् । 

उनीहरुको नयाँ फिल्म ‘लव आज कल’ यही फेब्रअरी १४ मा रिलीज हुँदैछ । फिल्मको निर्देशन इम्तियाज अलीले गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप