कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघ्यो : डब्लुएचओ प्रमुखले भने, ‘यो आइसबर्गको टुप्पो मात्र हुनसक्छ’
चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । गत वर्षको अन्त्यबाट वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप ९७ जनाले ज्यान गुमाएको जनाएको छ । योसँगै चीनमा यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८ पुगेको छ । ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका छन् । यस रोगबाट देशभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका छन् ।
अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।

संक्रमण फैलिएसँगै डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले चीनमा यात्राको इतिहास नभएकाहरुमा पनि यो रोगको संक्रमण फैलिएको देखिएकोमा चिन्ता व्यक्त गरे ।
‘अरु देशहरुमा सानो सङ्ख्यामा संक्रमण फैलिएको देखिएको छ । तर, यो हामीले देखेको हिमशीला ‘आइसबर्ग’ मात्र हुनसक्छ,’ उनले भनेका छन् ।
उनले सबै राष्ट्रहरुलाई भाइरसको संक्रमण भित्रन सक्ने सम्भावित अवस्थाबारे तयार रहन आग्रह गरेका छन् । साथै, सबैलाई नअत्तालिन पनि भनेका छन् ।
हालसम्म चीनबाहिर हङकङ र फिलिपिन्समा यस भाइरसको संक्रमणबाट मानिसले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण