बोनस पाउने गरी मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावना
मेलम्चीको पानी असारसम्म काठमाडौँ ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
हेडवक्र्स निर्माणको सम्झौता अवधि १५ महिनाको भएकाले हाललाई अस्थायी डाइभर्सन गरी असारमा ल्याउन लागिएको हो ।
मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सिनो हाइड्रोले कामलाई तीव्र बनाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गरी बोनस पाउनेगरी काम गरिरहेको उनको भनाइ छ ।
प्रवक्ता पन्तले भने, काम द्रुतगतिमा भएको छ, कामको प्रगति राम्रो छ, बोनस खानेगरी कम्पनीले कम गरेको छ, अहिलेसम्म हेर्दा बोनस खाने सङ्केत देखिएको छ, यसको मतलब तोकिएको समय अगावै काम सकिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण