बोनस पाउने गरी मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावना
मेलम्चीको पानी असारसम्म काठमाडौँ ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
हेडवक्र्स निर्माणको सम्झौता अवधि १५ महिनाको भएकाले हाललाई अस्थायी डाइभर्सन गरी असारमा ल्याउन लागिएको हो ।
मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सिनो हाइड्रोले कामलाई तीव्र बनाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गरी बोनस पाउनेगरी काम गरिरहेको उनको भनाइ छ ।
प्रवक्ता पन्तले भने, काम द्रुतगतिमा भएको छ, कामको प्रगति राम्रो छ, बोनस खानेगरी कम्पनीले कम गरेको छ, अहिलेसम्म हेर्दा बोनस खाने सङ्केत देखिएको छ, यसको मतलब तोकिएको समय अगावै काम सकिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो
-
निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने चेम्बरको रणनीतिक योजना
-
‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एक जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेश
-
चार धाम यात्रा : १७ तीर्थयात्रीको मृत्यु