नबिल बैङ्कले कमायो २ अर्ब ४ करोड, ब्याज खर्च बढ्दा नाफामा गिरावट
काठमाडौं । निजी क्षेत्रको पहिलो बैङ्क नबिलले २ अर्ब ४ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैङ्कले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैङ्कले २ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको देखिएको हो ।
यो नाफा बैङ्कको अघिल्लो वर्षको नाफाको तुलनामा ६.२० प्रतिशत कम हो । नाफा घटे पनि बैङ्कको जगेडा कोष भने १ अर्ब २३ करोड रुपैयाँले बढेर ११ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
बैङ्कले यो अवधिमा ८ अर्ब १४ करोड ब्याज आम्दानी र ४ अर्ब ६९ करोड ब्याज खर्च गरेको छ । गैरब्याजतर्फ २८ करोड ५१ लाख रुपैयाँ आम्दानी र ४ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । ६ महिनाको अवधिमा कर्मचारी खर्च १ अर्ब ७ करोड रुपैयाँ पुग्दा अन्य सञ्चालन खर्च ४३ करोड रुपैयाँ कायम भएको छ ।
बैङ्कले अघिल्लो वर्षभन्दा निक्षेप र कर्जा दुवैमा वृद्धि गरी क्रमशः १ खर्ब ६४ अर्ब र १ खर्ब ४१ अर्ब रुपैयाँ पु¥याएको छ । कर्जामा उच्च वृद्धि र निक्षेपमा सामान्य वृद्धिका बाबजुद पनि सीसीडी अनुपात अघिल्लो वर्षभन्दा भने खुकुलो भएर ७७.२८ प्रतिशतमा झरेको छ । पुँजीकोष अनुपात भने अहिले पनि ११.५२ प्रतिशत छ । यसलाई असार मसान्तसम्म १३ प्रतिशत पु¥याउनुपर्छ ।
बैङ्कको कस्ट अफ फण्ड ६.०२ प्रतिशत र बेसरेट ८.१० प्रतिशत छ । कर्मचारी र सञ्चालन खर्चमा भएको उच्च वृद्धिबीच पनि बैङ्कको कस्ट अफ फण्ड र बेसरेटबीचको अन्तर भने तुलनात्मक रुपमा कम देखिएको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात केही बढ्दा खराब कर्जाको प्रोभिजन केही घटेको छ । बैङ्कको स्प्रेडदर भने ४.९९ प्रतिशत छ ।
बैङ्कको नाफा घट्नुको पछाडि ब्याज खर्च र सञ्चालन खर्चमा भएको उच्च वृद्धिलाई प्रमुख कारण मानिएको छ । बैङ्कको ब्याज खर्च दोब्बरभन्दा पनि बढी पुगेको छ भने नयाँ शाखा विस्तारका कारणले कर्मचारी र अन्य सञ्चालन खर्चहरु समेत वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण