आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको अवरोध हटाउँदै काँग्रेसले भन्योः संवैधानिक अंगमा सरकारको छायाँ स्वीकार्दैनौँ

मङ्गलबार, २८ माघ २०७६, १३ : ५५
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक सुचारु भएको छ । यसअघि लगातार ३ दिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक अवरुद्ध गर्दै आएको थियो । गत माघ २२ गते पार्टीका संसदीय दलका उपनेता तथा उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियारले ललिता निवास प्रकरणमा भष्ट्राचार मुद्धा दायर गरेपछि काँग्रेसले विरोधमा संसद बैठक अवरोध गर्दै आएको थियो ।   

संसद बैठकको सुरुमा बोल्दै काँग्रेस संसदीय दलका प्रमुख सचेतक पुष्पा भुसाल गौतमले गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका र प्रतिसोधका आधारमा विशेष अदालतमा मुद्धा दायर गरेको जिकिर गरिन् ।  उनले तथस्ट निष्पक्ष ढंगले अघि बढ्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल सरकारबाट प्रभावित भएर मुद्धा दायर गरेपछि काँग्रेसले सभा बन्द गराएको बताइन् । उनले सरकारका प्रवक्ताले अख्तियारको कामलाई नै सरकारको उपलब्धी भनेकोले सरकारको आग्रहका आधारमा अख्तियारले काम गरेको पुष्टि भएको दावी गरिन् । 

उनले मुद्धा अदालतमा प्रवेश गरिसकेकोले संसद अवरुद्ध नगर्ने बरु यसलाई राजनीतिक रुपमा अघि बढाउने उनले बताइन् ।  उनले मुलुकको संवैधानिक अंगले सरकारको प्रभावमा आएर पूर्वाग्रह र प्रतिशोध साँधेर काम गरेको काँग्रेसले नजिकबाट नियालेको बताउँदै अख्तियारले कसैलाई जग्गा फिर्ता गरेको आधारमा कारवाही नगर्नु भन्नु कानूनको खिल्ली उढाएको उल्लेख गरिन् । 

सचेतक भुसालले ललिता निवास तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदारसँग मात्र सम्बन्धित विषय नभएको र तत्कालीन सरकारले गरेको निर्णयलाई नहेरिनु दुःखद भएको बताइन् । उनले भनिन्– ‘संवैधानिक अंगहरु सरकारको आग्रहमा परेर कुनै निर्णय गर्न हुँदैन ।  सरकारको छायाँ बन्न हुँदैन यस्तो भयो भने लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ ।’

सचेतक भुसालले काँग्रेस संसदको मूल्य मान्यतालाई सम्मान गर्ने बताउँदै संसद प्रतिपक्षी दलको पनि भएको बताइन् । उनले लोकतान्त्रिक पद्धतिलाई कसैले कमजोर पार्छ भने नेपाली काँग्रेस चुप लागेर नबस्ने उनले बताइन् । 

उनले २०४८ सालमा संसदमा ५७ दिन त्यसबेलाको तत्कालीन एमालेले संसद अवरुद्ध गरेर जनताका बहसहरु कुण्ठित गरेको कटु अनुभव भएको बताउँदै काँग्रेसले त्यसलाई नदोहो¥याउने उल्लेख गरिन् ।  पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्राचार मुद्धा चलाएको भन्दै काँग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको थियो । 

आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले ललिता निवास प्रकरणलाई राजनीतिक विषयको रुपमा अघि बढाउने निर्णय गर्दै संसदमा गरेको अवरोध रोक्ने निर्णय गरेको थियो । काँग्रेसको सो निर्णयसँगै प्रतिनिधि सभाको बैठक सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप