चीनबाट नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको छ : मन्त्री ढकाल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनको हुवान शहरमा भएका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको बताएका छन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफमा मन्त्री ढकालले चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइने बताए ।
मन्त्री ढकालले हुवानबाट नेपाली नागरिक छिटै ल्याउने भने पनि कहिलेसम्म स्वदेश ल्याउने भन्ने बारेमा मिति तय नभएको बताए । चीनबाट पहिलो चरण १ सय ८५ जना विद्यार्थीलाई स्वदेश ल्याउने तयारी भैरहेको समेत उनले बताए । मन्त्रीका ढकालका अनुसार चीनबाट स्वदेश ल्याइएकाहरुलाई राख्नका लागि भक्तपुरस्थित खरिपाटीमा १ सय ९९ वटा ‘क्यारेन्टाइन’ कोठाको व्यवस्थापन गरिएको छ ।
नोबेल कोरोना भाइरसको संक्रमण चीनबाट सुरु भएपछि विश्वभर महामारीका रुपमा फैलिन थालेपछि चीनबाट ल्याइएका नेपाली नागरिकलाई राख्नका लागि ‘क्यारेन्टाइन’स्थालको सुनिश्चित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ केदार कार्कीले दर्ता गरेको रिटमा ? (पूर्णपाठ)
-
गठबन्धन फेर्ने गतिविधि ‘अन्डरकरेन्ट’ रूपमा चलिरहेको थियो : अध्यक्ष राई
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)
-
महाधिवेशनबाट एक जनालाई श्रीपेच लगाउन खोजेपछि पार्टी विभाजन भयो : अध्यक्ष राई
-
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता