निर्भया काण्डः नयाँ ‘डेथ वारेन्ट’ का लागि सर्वोच्च सकारात्मक, दोषीलाई छुट्टा छुट्टै फाँसी होला ?
निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्र सरकार र दिल्ली सरकारको याचिकामाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नयाँ डेथ वारेन्ट जारी गर्नका लागि हरियो झण्डा देखाएको छ ।
अदालतले तिहाड प्रशासनलाई अब फाँसीको नयाँ मितिका लागि ट्रायल कोर्ट जानसक्ने भन्दै अनुमती दिएको छ ।
साथै सर्वोच्चले चारै दोषीलाई उनीहरुको छुट्टा छुट्टै फाँसीको मामला आफूसँग स्थगित राखेको नोटिस पनि जारी गरेको छ । यसमा अर्को सुनुवाई फेब्रुअरी १३ मा हुनेछ ।
तीन न्यायाधीसको सर्वोच्च अदालतको बेन्चले यो मामलामा तीन दोषीले अहिलेसम्म आफ्नो बचाउका लागि सबै कानूनी विकल्प प्रयोग गरिसकेको तर पवन गुप्ताले भने न क्यूरेटिव पिटिशन दर्ता गरेका छन् न नै दया याचिका ।
अहिलेसम्म घटनाका चारै दोषी – मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्ताको फाँसी दुई पटक रद्द भइसकेको छ ।
यी चारैलाई जनवरी २२ मा फाँसी दिने निर्णय गरिएको थियो तर एक दोषीको दया याचिका राष्ट्रपतिसमक्ष विचाराधीन भएका कारण फाँसीको मिति रद्द गरिएको थियो । पछि अदालतले फाँसीका लागि १ फेब्रुअरीको दिन निश्चित गरेको थियो तर पछि यसलाई पनि अर्को आदेश नआउञ्जेलसम्मका लागि स्थगित गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण