शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्भया काण्डः नयाँ ‘डेथ वारेन्ट’ का लागि सर्वोच्च सकारात्मक, दोषीलाई छुट्टा छुट्टै फाँसी होला ?

बुधबार, २९ माघ २०७६, ०८ : ००
बुधबार, २९ माघ २०७६

निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीलाई छुट्टा छुट्टै फाँसी दिने केन्द्र सरकार र दिल्ली सरकारको याचिकामाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नयाँ डेथ वारेन्ट जारी गर्नका लागि हरियो झण्डा देखाएको छ ।

अदालतले तिहाड प्रशासनलाई अब फाँसीको नयाँ मितिका लागि ट्रायल कोर्ट जानसक्ने भन्दै अनुमती दिएको छ ।

साथै सर्वोच्चले चारै दोषीलाई उनीहरुको छुट्टा छुट्टै फाँसीको मामला आफूसँग स्थगित राखेको नोटिस पनि जारी गरेको छ । यसमा अर्को सुनुवाई फेब्रुअरी १३ मा हुनेछ ।

तीन न्यायाधीसको सर्वोच्च अदालतको बेन्चले यो मामलामा तीन दोषीले अहिलेसम्म आफ्नो बचाउका लागि सबै कानूनी विकल्प प्रयोग गरिसकेको तर पवन गुप्ताले भने न क्यूरेटिव पिटिशन दर्ता गरेका छन् न नै दया याचिका ।

अहिलेसम्म घटनाका चारै दोषी – मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्ताको फाँसी दुई पटक रद्द भइसकेको छ ।

यी चारैलाई जनवरी २२ मा फाँसी दिने निर्णय गरिएको थियो तर एक दोषीको दया याचिका राष्ट्रपतिसमक्ष विचाराधीन भएका कारण फाँसीको मिति रद्द गरिएको थियो । पछि अदालतले फाँसीका लागि १ फेब्रुअरीको दिन निश्चित गरेको थियो तर पछि यसलाई पनि अर्को आदेश नआउञ्जेलसम्मका लागि स्थगित गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप