एकैपटक २ सय बढी विरामी भएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोनाभाइरसको त्रास
काठमाडौँ । छिमेकी देश चीनलगायत विश्वभर नोवेल कोरोनाभइरसको आतङ्क फैलिरहेका बेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा एकैपटक धेरै स्थानीय विरामी भएपछि त्यहाँका वासिन्दामा सोही रोगको संक्रमण त्यहाँ पनि देखिएको हो कि भन्ने त्रास फैलिएको छ ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार मङ्गलबार बेलुकासम्म २०१ जना विरामी परेका छन् । ती मध्ये १० जनाको स्वास्थ्यमा बुधबार विहानदेखि केही सुधार आएको उपाध्यक्ष तामाङले जानकारी दिइन् । विरामी परेकाहरुमा कोरोनाभाइरसको लक्षणसँग मेल खाने सङ्केत देखिएकोले त्यहाँ त्रास फैलिएको उपाध्यक्ष तामाङले बताइन् ।
उनका अनुसार उक्त वडामा मङ्गलबारै स्थानीय स्वास्थ्य चौकीबाट चिकित्सकहरुको टोली पुगेको र बुधबार जिल्ला जनस्वास्थ्य कार्यलयबाट थप चिकित्सकहरुको टोली पुग्दैछ । माघ २३ गतेबाट स्थानीयहरुमा रुघाखोकी र ज्वरो आउन सुरु गरेको र २८ गतेसम्म पुग्दा त्यो संख्या बढेर २ सय नाघेको स्थानीयले बताएका छन् । सर्वसाधारणहरु ठूलो संख्यामा एकै किसिमको लक्षणसहित विरामी परेपछि जुगल गाउँपालिकाले मंगलबार एक जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेख्दै विशेषज्ञहरुको टोली पठाइदिन आग्रह गरेको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर विकले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा नम्बर ३ साविक गुम्वा गाविस वडा नम्बर ८ गुम्वा वस्तिमा मिति माघ २७,देखि हाल विश्वमा फैलिरहेको नोवल कोरना भाइरसको लक्षणसँग मिल्ने रुघा खोकी र अत्याधिक ज्वरोजस्ता लक्षणका विरामीहरु देखा परेको हुँदा सो को परीक्षणका गरी रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।’

अत्यन्त जरुरी पत्रको वोधार्थ समाजिक विकास मन्त्रालय वागमति प्रदेश हेटौडा, जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक र जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकलाई लेखिएको छ । स्थानीय विरामी परेको खवर सुन्नासाथ उपलव्ध स्वास्थ्यकर्मी र औषधी पठाएपनि परीक्षण गर्ने पर्याप्त स्रोत साधन अभाव भएकाले समस्या भएको गाउँपालिकाले जनाएको छ ।
वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले धेरै मानिस एकैपटक विरामी भएपनि कोरोनाभाइरसको हो होइन भन्ने पुष्टि भैनसकेको जानकारी दिए ।
‘आज विशेषज्ञहरुको टोली घटनास्थल जाँदैछ । टोलीले परीक्षण गरेपछि मात्रै के हो भन्ने खुल्छ । तर केही मानिसमा सुधार आएकाले कोरोना नहुनपनि सक्छ भन्ने अनुमान पनि गरिएको छ’, मन्त्री नेपालले रातोपाटीसँग भने, ‘औषधीसहितको विशेषज्ञ टोलीले जाँच गरेपछिमात्रै सबै कुरा थाहा हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण