‘ओह प्रिया’ घोषणा, निर्देशकमा बोहरा
बुधबार, २९ माघ २०७६, ११ : १६
काठमाडौं । सूर्य बोहराको निर्देशन रहने नयाँ फिल्म ‘ओह प्रिया’ निर्माण हुने भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार चावहिलको गणेश स्थानमा स्क्रिप्ट पूजा गर्दै फिल्म घोषणा गरिएको हो ।
सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबि फिल्म नेपालसँगको सहकार्यमा निर्माण हुन लागेको फिल्मको लेखन समेत निर्देशक बोहराले नै गरेका हुन् ।
सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको फिल्मका गीतमा एलिस कार्कीको संगीत रहने छ ।
नेपालका साथमा वेल्स, स्कटल्याण्ड, लण्डन र क्यानडामा छायाँकन हुने बताइएको फिल्मका लागि अहिले प्राबिधिक र कलाकारको छनौट कार्य भइरहेको छ ।
निर्देशक बोहराको अहिले ‘हेलो जिन्दगी’ रिलिज हुन बाँकी छ । फिल्म आगामी बर्षको दशैको छेकोमा प्रदर्शनमा ल्याइने निर्देशक बोहोराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण