भाइरल ज्वरोलाई कोरोना ठानेर लगाए पासो, मृत्यु
चीनको ऊहानबाट संसारभरी फैलिरहेको कोरोना भाइरसका भारतमा तीन घटनामात्रै देखिएका छन् तर भाइरसको संक्रमणको डर भने जताततै व्याप्त छ ।
मंगलबार भारतको आन्ध्र प्रदेशमा ५० वर्षीय एक व्यक्तिले कोरोना भाइरसद्वारा संक्रमित भएको शंकामा पासो लगाएर आत्महत्या गरेका छन् । उनले आफ्नी श्रीमती र बच्चाहरुलाई उक्त संक्रमणबाट बचाउन यस्तो कदम उठाएको भारतीय संचार माध्यमले बताएको छ ।
मृतकको पहिचान बाला कृष्णाहदको रुपमा भएको छ । कृष्णाको परिवारका अनुसार भाइरल ज्वरो आइरहेका बेला उनले इन्टरनेटमा कोरोना भाइरससँग सम्बन्धित भिडियो हेरेका थिए । त्यसपछि उनी आफूलाई पनि कोरोना भाइरसले आक्रमण गरेको हो कि भन्ने शंका लाग्यो । मंगलबार कृष्णा आफ्नो परिवारका सदस्यलाई घरमा बन्द गरेर आफ्नी आमाको चिहानमा गए ।
डाक्टरले भेटेनन् कोरोनाको लक्षणः
त्यसपछि कृष्णाकी श्रीमती लक्ष्मी देवीले चिच्यापछि छिमेकीले ढोका खोलिदिए तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो । लक्ष्मी देवी र अन्य मानिसहरु कृष्णाकी आमालाई गाडिएको चिहानमा पुगिसक्दा कृष्णाले रुखमा झुण्डिएर आत्महत्या गरिसकेका थिए ।
तिरुपतीका डाक्टरले जब मृतक कृष्णाको परीक्षण गरे तब उनीहरुले कोरोनाको कुनै पनि लक्षण नभेटेको भारतीय संचार माध्यमले बताएका छन् । उनी सामान्य भाइरल ज्वरोबाट ग्रस्त भएको डाक्टरले बताए ।
स्मरण रहोस्, आन्ध्र प्रदेशमा कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण