कसरी बाँचिरहेको छ कोरोनाभाइरसको केन्द्रविन्दु उहान, तस्विरमा हेर्नुहोस्
चीनका स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस प्रकोप (कोभिड–१९) बाट बुधबार एकै दिन २४२ को मृत्यु भयो । मर्ने सबै प्रकोपको उद्गमस्थल हुवेई प्रान्तका छन् ।
योसँगै प्रकोपबाट मर्नेको संख्या १३६२ पुगेको छ । प्रान्तका स्वास्थ्य आयोगका अनुसार बुधबार मृतकको संख्यामा मात्र होइन नयाँ विरामीको संख्यामा पनि उलेख्य वृद्धि देखियो । आयोगका अनुसार बुधबार मध्य–रातअघिको २४ घण्टामा १४,८४० नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
प्रकोपको उद्गमस्थल हुवेई प्रान्तको स्वास्थ्य आयोगले जारी गरेको एक वक्तव्य अनुसार नयाँ चिकित्सकीय विधिबाट समेत विरामी पहिचान गर्न थालिएको छ ।

अघिल्लो हप्ता सरकारी संचारमाध्यमले हुवेईले प्रकोपको पुष्टि गर्नको लागि सीटी स्क्यान प्रयोग गर्न थाल्ने बताएको थियो । यसबाट अस्पतालमा संक्रमितलाई अलग्याउन सहज हुने तिनले बताएका थिए ।
कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या चीनमा ५९,६५१ पुगेकोमा त्यसमध्ये ४८,२०६ जना हुवेई प्रान्तका मात्र छन् ।

त्यस्तै चीनबाहिर हालसम्म ४४५ जना संक्रमित भएका छन् । चिनियाँ अधिकारीका अनुसार हुवेई प्रान्तबाहिर भने विगत आठ दिनदेखि नयाँ संक्रमित देखिन क्रम घटिरहेको छ । त्यस्तै उपचारमा रहेकामध्ये ५ हजार ६ सय ४६ निको भएर घर फर्किएका छन् ।
कोरोनाभाइरसको उद्गमथलो उहान सबैभन्दा बढी पीडित छ । यो क्षेत्रको सम्पर्क बाहिरी विश्वबाट टुटेको छ । मानिसहरु अधिकांश समय घरभित्र त्रासबीच बाँच्न बाध्य छन् । त्यहाँ कसरी दैनिक जीवन बितिरहेको छ भनेर रोयटर्सका फोटोपत्रकारले क्यामारामा कैद गरेका छन्, हेरौँ तस्विरहरु :















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण