रुसको मेट्रो रेलमा कोरोनाभाइरस लागेको नाटक गरेर आतङ्क फैलाउने व्यक्तिलाई पाँच वर्षको जेल सजाय
रुसमा एक प्य्राङ्कस्टरलाई कोरोनाभाइरसलाई लिएर गरेको प्य्राङ्क महङ्गो साबित भएको छ । युवकमाथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल(रुसी मुद्रा) जरिवानाको सजाय दिइएको छ ।
युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो । तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ ।
भिडियो कहिले फिल्माङ्कन भएको हो भन्ने स्पष्ट छैन । प्रहरीले युवकलााई सोमबार पक्राउ ग¥यो र भिडियो छायाँकन गर्न सघाउने उसको साथीको खोजी भइरहेको छ ।
प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् ।
युवकका वकिलले भने उनले मानिसलाई डराउनभन्दा पनि सावधान गराउन चाहेको बताए ।
रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ । साइबेरियामा भने १४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण