स्वस्थानी च्यात्नुपर्छ भनेपछि विवादमा आइन् यशोदा गुरुङ सुवेदी
गत मंगलबार प्रतिनिधि सभाको शून्य समयमा स्वस्थानी ब्रतकथाको पाना च्यात्नुपर्छ भनेपनि नेकपा सांसद यशोदा गुरुङ सुवेदी विवादमा आएकी छिन् । संसदमा १ मिनेट आफ्नो धारणा राखेकी उनले छाउ प्रथा हटाउनका लागि स्वस्थानी र ऋषी पञ्चमी ब्रतकथाको पाना च्यात्नुपर्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा गुरुङको आलोचना बढेको छ ।
उनले गणतन्त्र आएपछि पुरानो सामाजिक, सांस्कृतिक संरचना बदल्न सानो ढुङ्गा हान्दा ठूलो कोकोहोलो मच्चाएको बताइन् ।
रातोपाटीसँग कुरा गर्दै सांसद गुरुङले भनिन्, ‘सांस्कृतिक परम्परा परिवर्तन गर्न सानो ढुङ्गा हान्दा ठूलो कोकोहोला मच्चाइयो । अहिले यो जुन बहस चलिरहेको छ यो राजनीतिक आन्दोलनकै एक अंग हो । हामीले गणतन्त्र त ल्यायौँ तर आर्थिक, सांस्कृतिक, सामाजिक संरचना बदल्न सकेका छैनौं । सांस्कृतिक संरचना बदल्न खोज्दा पूराना सत्ताका मठाधीश, परम्पराका पुजकहरुले ठूलै ह्वीम चलाएका रहेछन् ।’
उनले आफ्नो फेसबुक आइडीको समेत दुरुपयोग गरेको तथा आफ्नो बारेमा अफवाह फैलाउने काम भइरहेको भन्दै कानूनी उपचारका लागि अधिवक्तासँग छलफल गर्ने बताएकी छिन् । हाल काठमाडौं बाहिर रहेको बताउँदै गुरुङले आफ्नो बारेमा अफवाह फैलाएर चरित्र हत्या भएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘मेरो बारेमा अफवाह फैलाउने फेसबुक केलाएर हेर्दा पुरानो सत्ताका पुजक रहेको भेट्टाएको छु । हामीले सामन्तवादको त अन्त्य ग¥र्यौँ तर सामाजिक, सांस्कृतिक परिवर्तनका लागि परम्पराको जरोकिलो उखेल्न सकेका छैनौँ । छाउसँग जोडिएको विषय के जोडेको थिएँ निभ्न लागेको बत्ति झ्याप्प उज्यालो भएर आयो । तेल सकिएको निभ्न लागेको बत्ति झ्याप्प बल्दा त तेल अझै रहेछ भन्ने भ्रम हुन्छ तर बत्ति निभ्छ ।’
मंगलबार संसदको शून्य समयमा दिएको सो अभिव्यक्तिपछि सांसद सुवेदीको फेसबुक पेज गाली गलौजका कमेन्टले भरिन थालेको छ । उनले सामाजिक सञ्जालमा आफ्नो अफवाह फैलाउनेमाथि कानुनी उपचार खोज्ने चेतावनी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण