लेस्टर र वल्भ्सको बराबरी
लेस्टर सिटी र वल्भ्सले इङ्लिस प्रिमियर लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सुक्रबार राति भएको खेलमा लेस्टर वल्भ्ससँग उसैको मैदानमा बराबरीमा रोकिएको हो । लेस्टर १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीले लेस्टरको दोस्रो स्थानमा उक्लने मौका गुमेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर गुमाएका थिए । लेस्टरले बल पोसेसनमा पकट जमाएपनि गोल गर्न सकेन । ६०औं मिनेटमा लेस्टरले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले दिएनन् ।
त्यसपछि ७६औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटिएको थियो । लेस्टरका हम्जा चौधुरीले ह्यान्ड गरेपछि दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । जसको फाइदा वल्भ्सले उठाउन सकेन । बराबरीसँगै तेस्रो स्थानमा रहेको लेस्टरले २६ खेलबाट ५० अंक बनाएको छ । ३६ अंक बनाएको वल्भ्स सातौं स्थानमा छ ।
शीर्ष स्थानमा रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण