कोरोनाभाइरस अपडेट : युरोपमा पहिलो संक्रमितको मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या १७ सय करिब
फ्रान्समा कोरोनाभाइरसबाट संक्रमित एक चिनियाँ पर्यटकको मृत्यु भएको छ । एसियाबाहिर यस रोगको संक्रमणबाट ज्यान गुमाएको यो पहिलो घटना हो । ज्यान गुमाउनेमा चीनको हुबेई प्रान्तका ८० वर्षीय व्यक्ति रहेको फ्रान्सको स्वास्थ्यमन्त्री एग्नेस बुज्यीनले जानकारी दिए ।
उनी गत १६ जनवरीमा फ्रान्स आइपुगेका थिए । उनलाई जनवरी २५ देखि पेरिसको अस्पतालमा क्वारेन्टाइनमा राखिएको थियो । यसअघि, चीनबाहिर हङकङ, फिलिपिन्स र जापानमा एक–एक जनाले ज्यान गुमाएका थिए ।
यसैबीच, चीनमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ सय ६५ पुगेको छ । यस रोगबाट ६८ हजारभन्दा बढी संक्रमित रहेका छन् । चिनियाँ स्वास्थ्य आयोगले आइतबार दिएको जानकारी अनुसार यस रोगबाट थप १ सय ४२ जनाले ज्यान गुमाए भने २ हजार ९ वटा संक्रमित थपिएका छन् । चीनबाहिर ३० देशमा ५०० भन्दा बढी संक्रमित भेटिएका छन् ।

अन्य अपडेटः
– कोरोनाभाइरसलाई फर्कन नदिन चीनको केन्द्रीय बैङ्कले प्रयोगमा रहेको नोटलाई डिस्इन्फेक्ट गरेर पुनः बजारमा पठाउने भएको छ ।
– कोरोनाभाइरसको संक्रमणपछि जापानको तटबन्दमा डाइमन्ड प्रिन्स क्रुज जहाजमा फँसेका ४ सय अमेरिकी नागरिकलाई फिर्ता ल्याउन अमेरिकाले जहाज पठाउने भएको छ ।
– सिङ्गापुरमा थप ५ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ ७२ जनामा कोरोनाभाइरस देखिएको छ । १८ जना भने पूर्णरुपमा स्वस्थ्य बनेर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण