‘गली बोय’ले १२ वटा फिल्मफेयर अवार्ड जित्योः यस्तो छ अवार्ड जित्नेको पूरा सूची
शनिबार राती गुवाहाटीमा भएको ६५ औं फिल्मफेयर अवार्डमा ‘गली बोय’ को दबदबा रह्यो । फिल्मले उत्कृष्ट नायक, उत्कृष्ट नायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट फिल्मसहित १२ वटा अवार्ड आफ्नो पोल्टोमा पार्यो । फिल्मफेयर अवार्ड पहिलो पटक मुम्बई बाहिर आयोजना भएको यो पहिलो घटना हो । गुवाहाटीको इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा आयोजना भएको कार्यक्रमलाई विक्की कौशल र करण जोहरले होस्ट गरे ।
बिजेताको पूरा सूचीः
सेलिब्रिटीले सजेको अवार्ड नाइटः
मुख्य कार्यक्रमका लागि मुम्बईबाट लगभग सबै सेलिब्रिटी अवार्ड नाइटभन्दा एक दिन अघि गुवाहाटी पुगिसकेका थिए । यीमध्ये अक्षय कुमार, करन जोहर, अनिल कपुर, रणवीर सिंह, रणबीर कपुर, इरफान खान, दीपिका पादुकोण, माधुरी दीक्षित, आलिया भट्ट, आयुष्मान खुराना, विकी कौशल, कार्तिक आर्यन, सारा अली खान, अनन्या पांडे, पूजा हेगडे, मनीष मल्होत्रा, वाणी कपूर, रणवीर शौरी, श्रद्धा कपूर, टाइगर श्रोफ, सान्या मल्होत्रा, उषा उत्थुप प्रमुख छन् ।
६५ वर्षअघि सुरु भएको थियो अवार्डः
अंग्रेजी म्यागजिन फिल्म फेयरको तर्फबाट हिन्दी फिल्मका विभिन्न क्षेत्रमा सर्वश्रेष्ठ योगदानका लागि यो अवार्ड हरेक वर्ष दिने गरिन्छ । यसको सुरुवात सन् १९५४ मा राष्ट्रिय फिल्म पुरस्कारको स्थापना हुनु अगावै भएको थियो । पुरस्कार जनताको मत र ज्यूरीको सदस्यको मतको आधारमा दिने गरिन्छ । पहिला यो पुरस्कार समारोहको नाम ‘द क्लेयर्स’ थियो जसलाई फिल्मका आलोचक क्लेयर मेन्दिनोचाको नाममा आधारित थियो । सन् १९५४ मार्च २१ तारिखमा भएको पहिलो पुरस्कार समारोहमा पाँचवटा पुरस्कारमात्र राखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण