हुबेई प्रान्तबाहिर नयाँ कोरोनाभाइरस संक्रमितको सङ्ख्या लगातार १३ औँ दिन घट्यो
कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबई प्रान्तबाहिर यसबाट संक्रमित हुनेको सङ्ख्यामा लगातार तेह्रौँ दिन कमी आएको चिनियाँ स्वास्थ्य आयोगले जानकारी दिएको छ ।
आइतबार चीनको हुबेई प्रान्तबाहिर ११५ जना नयाँ संक्रमित फेला परेका थिए । गत फेब्रुअरी ३ यता यो सङ्ख्यामा निरन्तर कमी आइरहेको आयोगले जारी गरेको तथ्याङ्कमा देखिएको छ । फेब्रुअरी ३ मा हुबेई बाहिर ८ सय ९० नयाँ संक्रिमत फेला परेका थिए । त्यस यता भने उक्त सङ्ख्यामा निरन्तर कमी आइरहेको छ ।
आयोगले सोमबारसम्म कोरोनाभाइरस (कोभीड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १७ सय ७० पुगेको पनि जनाएको छ । अघिल्लो दिनभन्दा यो सङ्ख्या १ सय ५ ले बढी हो । हुबेईमा मात्र १ सय जनाले ज्यान गुमाएका छन् ।
देशभर यस रोगबाट संक्रमित २ हजार ४८ नयाँ बिरामी फेला परेको आयोगको तथ्याङ्क छ जसमा १९ सय ३३ जना हुबेई प्रान्तका रहेका छन् । योसँगै यस रोगबाट संक्रमित हुनेको सङ्ख्या ७० हजार ५४८ पुगेको छ ।
चीनबाहिर हालसम्म फिलिपिन्स, जापान, हङकङ र फ्रान्समा एक–एक जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण