चीनबाट आयात ठप्प, शून्य तातोपानी नाका
मङ्गलबार, ०६ फागुन २०७६, ०६ : ४४
नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात ठप्प भएको हो ।
चिनियाँको महत्त्वपूर्ण पर्व ल्होसार र कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक कारोबार हुन सकेको छैन । दुई हप्तादेखि चिनियाँलाई नेपाल प्रवेश र नेपालीलाई चिनियाँ भूभागमा जान दिइएको छैन ।
दुवै देशको आवतजावतमा रोक लगाइएपछि चीनबाट नेपालमा सामान आयात भएको छैन । गत जेठ १५ गतेबाट तातोपानी नाका सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात भएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा चित्र मिजारले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण