कोरोनाभाइरस अपडेट : मर्नेको सङ्ख्या २ हजार नाघ्यो, रुसमा चिनियाँ नागरिकलाई प्रवेश निषेध
चीनमा मङ्गलबार कोरोनाभाइरस संक्रमित थप १ सय ३६ जनाको मृत्यु भएको छ । योसँगै देशमा यसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ४ पुगेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।
मङ्गलबार ज्यान गुमाउने मध्ये १ सय ३२ जना हुबेई प्रान्तका रहेका छन् । देशभर थप १ हजार ७ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये १६ सय ९३ जना हुबेई प्रान्तका रहेका छन् । देशमा कोरोनाभाइरसबाट हालसम्म ७४ हजार १ सय ८५ जना संक्रमित भएका छन् ।
यता, हङकङमा दोस्रो कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । गत फेब्रुअरी १४ मा यस रोगको संक्रमण पुष्टि भएपछि प्रिन्सेस मार्गरेट अस्पताल भर्ना भएका ७० वर्षीय वृद्धिको मेत्यु भएको जानकारी दिइएको छ । योसँगै हङकङमा ६२ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ भने दुई जनालाई ज्यान गुमाएका छन् ।
उता, दक्षिण कोरियामा पनि कोरोनाभाइरस संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । त्यहाँ थप १५ जना कोरोनाभाइरस संक्रमित फेला परेको जनाइएको छ । योसँगै कोरियामा कोरोनाभाइरस संक्रमितको सङ्ख्या ४६ पुगेको छ ।
यसबीच रुसले फेब्रुअरी २० देखि चिनियाँ नागरिकहरुलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले कोभिड–१९ को संक्रमण नियन्त्रणबाहिर नरहे पनि अवस्था खतरनाक भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण