‘धुलोको ट्रेलरमा बुद्धि र अग्रजको जुहारी
काठमाडौं । १६ फागुनबाट प्रदशर््नमा आउने फिल्म ‘धुलो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका विच सार्वजनिक ट्रेलर हेर्दा फिल्म ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको वास्तवीक जीवनशैली, सपना, संघर्षको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।
संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशन रहेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डेको अलवा बालकलाकार सुदीप कार्की लगायतको अभिनय रहेको छ । फिल्ममा नीर शाह, सुशिल पोखरेल तथा लक्ष्मी बर्देवा बिषेश भुमिकामा छन् ।
‘धुलो’ फिल्म वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको निर्देशक मिश्रले बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ निर्देशनमा लगाएको बताए ।
दीपा धरेलको प्रस्तुति रहेको फिल्मका निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’मा रबिन आचार्यको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ । फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण