संसारकै महङ्गा ५ भवन
संसारमा एकभन्दा एक सुन्दर र महङ्गा भवन छन् । संसारमा भएका यस्ता भवनहरुका आर्कषण के हुन् त भन्ने धेरैलाई चासो हुन्छ । संसारका चर्चित भवनहरुमध्ये ५ चर्चित भवनहरुका बारेमा यहाँ उल्लेख गरिएको छ ।
१. अबराज अल–बैत : साउदी अरबको मक्कामा रहेको ‘अबराज अल–बैत’ नामको यो भवनमा १२० तला रहेका छन् । यो विलासी होटलको निर्माण सन् २००४ मा सुरु भएको थियो भने ८ वर्षपछि निर्माण सम्पन्न भएको थियो । यो भवनको उचाई ६०१ मिटर रहेको छ । यसको मुख्य आर्कषण ५३० मिटर अग्लो, ४३ मिटर चौडाई, ४३ मिटर लामो घडी आदि रहेका छन् । उक्त घडी विश्वकै अग्लो मानिन्छ । यो भवनलाई ‘मक्का रोयल क्लक’ नामबाट पनि चिनिन्छ ।

२. मरीना बे स्यान्डस् : सिंगापुरमा रहेको यो भवन पर्यटकका लागि मुख्य आर्कषणको रुपमा रहेको छ । महङ्गो रिसोर्टको रुपमा रहेको यो भवनको निर्माण ५.५ बिलियन डलरमा भएको हो । यो भवनभित्र रेस्टुरेन्ट, होटल, प्रदर्शनी सेन्टर, थियटर जस्ता मनोरञ्जनस्थल रहेका छन् । यसमा ५५ तला छन् भने २०० मिटर उचाईमा निर्माण भएको छ ।

३. रिसोर्ट वल्र्ड सिन्टोसा : सिंगापुरमा रहेको यो भवन ४.९३ बिलियन डलरमा निर्माण भएको हो । विश्वकै सबैभन्दा महङ्गो क्यासिनोहरुमा तेस्रो नम्बरमा रहेको क्यासिनो हो । यो ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

४. इमिरेट्स प्यालेस : यूएईको अबू धाबीमा रहेको यो भवन ६० मिटर अग्लो भवन (ठ स्टार) होटल हो । यो भवन ब्रिटिश आर्किटेक्टको डिजाइनमा निर्माण भएको हो । यो ३.९० बिलियन डलरमा निर्माण भएको हो ।

५. कोस्मोपोलिटन : अमेरिकाको लस भेगासमा रहेको यो भवनमा ५२ तला रहेको छ । यसको निर्माण ३.९ बिलियन डलरमा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण