‘१७ वर्षको वैवाहिक सम्बन्ध तोड्न निकै मुश्किल भएको थियो’
एजेन्सी : बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोरा र अरबाज खानको सम्बन्धविच्छेद भएको लामो समय भइसकेको छ । दुवैले आपसी सहमतिमा सम्बन्धविच्छेद गरेका थिए । तर दुवैले १७ वर्षको लामो वैवाहिक सम्बन्ध किन तोडेका थिए भन्ने धेरैलाई चासोको विषय हो ।
सम्बन्धविच्छेद भएको लामो समयपछि पुनः एकपटक मलाइकाले त्यसको कारण खुलाइन् । उनले करीना कपूर खानको च्याट शोमा अरबाजसँग सम्बन्ध बिग्रिएको र सहमतिमै सम्बन्धविच्छेद गरेको बताइन् ।
उनले दुवैलाई विस्तारै वैवाहिक जीवन अप्ठ्यारो परिस्थितीमा पुगेको भन्ने लागेपछि सम्बन्धविच्छेद गरेको खुलाउँदै उनले भनिन्, ‘हामी दुवै विवाहबाट खुशी थिएनौँ । जसको असर पुरैपरिवारमा पर्न थालेको थियो । अहिले पनि महिलालाई सम्बन्धविच्छेद गर्न निकै मुश्किल कुरा हो । तर सबैभन्दा ठूलो कुरा आफ्नो खुशी निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले हामी दुवैले सम्बन्धविच्छेद गर्ने फैसला लियौँ ।’
छोराछोरीका कारण अझै अरबाजसँग भेटघाट हुने गरेको भए पनि कुनै सम्बन्ध बाँकी नरहेको पनि उनले उल्लेख गरिन् ।
मलाइका यतिबेला अर्जुन कपूरसँग सम्बन्धमा छिन् भने अरबाज विदेशी प्रेमिका जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण