युक्रेनमा चीनको ऊहानबाट फिर्ता भएका नागरिक चढेको बसहरुमाथि आक्रमण
एजेन्सी । युक्रेनको मध्य–क्षेत्रमा रहेको सहर नोभी स्यान्झारीका स्थानीयले चीनको ऊहानबाट उद्दार गरिएका मानिस सवार बसमा आक्रमण गरेका छन् ।
ती बसमा ४५ युक्रेनी र २७ विदेशी सवार थिए भने उनीहरुको लागि नोभी स्यान्झारी सहरमा क्वारेन्टाइन बनाइएको थियो ।
युक्रेनमा हालसम्म एक जनामा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छैन । तर ऊहानबाट फिर्ता गरिएका मानिसमाझ संक्रमित पनि रहेको हल्ला फैलिएपछि नोभीवासी क्रुद्ध भएका थिए ।
स्वास्थ्य मन्त्रालयको दावी गरिएको एक फेक इमेलमा उहानबाट ल्याइएका मानिसहरु संक्रमित रहेको झुटो दावी थियो ।
स्थानीयबासी र प्रशासनबीच बिहीबार दिनभरी झडपको माहोल देखिएको थियो । उद्धार गरिका व्यक्ति बोकेको बसको कन्भो हिँड्ने सडकमा मानिसले टायर बालेर विरोध गरेका थिए ।
त्यस्तै सहर पस्ने पुलमा पनि मानिसले अवरोध गरेर बसेका थिए । पछि बसहरु आएपछि पनि तीमाथि ढुंगामुढा गरिएको थियो ।
उद्धार गरेका मानिस रहेका दुई वटा बाहनका सिसा फुटेका छन् । बसको सुरक्षाको लागि सयौं दंगा प्रहरी खटाइएको थियो ।
हिंसात्मक विरोधको बावजुद ऊहानबाट फिर्ता गरिएको मानिस बोकेका सबै गाडि निर्धारित क्लिनिकमा पुगेका छन् । ती मानिसहरु त्यहाँ दुई हप्ता त्यहाँ निगरानीमा बस्छन् ।
राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले प्रदर्शनकारीलाई मानिसको रुपमा अर्को मानिसप्रति करुणा प्रदर्शन गर्न आह्वान गरेका थिए ।
तर राष्ट्रपतिको आग्रहले मानिसलाई शान्त पार्न सकेन । युक्रेनी जनतामाझ आफ्ना सरकारप्रतिको विश्वसनीयता अत्यन्त कम छ । देशको कमजोर स्वास्थ्य प्रणाली र भ्रष्टाचारले राजनीतिज्ञ र राज्यप्रति अत्यन्त कम विश्वास देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण