सशस्त्र प्रहरी र एसएसबीबीच ५ बुँदे सहमति
रौतहट । रौतहटस्थित सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीच ५ बुँदे सहमति भएको छ । भारतको बैरगनियामा आईतबार भएको दुईपक्षीय बैठकमा उक्त सहमति भएको हो । दुईपक्षीय बैठकमा सिमावर्ती क्षेत्रमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती गर्ने, दशगज्जा क्षेत्रको सफाई अभियानलाई निरन्तरता दिने, सीमा क्षेत्रमा अपराधिक गतिविधि न्युनीकरण गर्न सूचना आदानप्रदान गर्ने सहमति भएको छ । त्यस्तै सीमाक्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने, भूमिगत सशस्त्र समूहको गतिविधिमा निगरानी गर्ने सहमति भएको छ ।
उक्त बैठकको नेतृत्व सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर गौरका प्रमुख एसपी रविनराज कर्णजित र बैरगनियाका भारतीय सिमासुरक्षा बलका २० नम्बर बटालियनका कमाण्डेन्ट तपनकुमार दासले गरेका थिए ।
रौतहटस्थित सशस्त्र प्रहरीबल र बैरगनियास्थित एसएसबीको दुईपक्षीय प्रयासबाट यसअघि रौतहटसंग जोडिएको ३२ किलोमिटर सिमाना तथा दशगज्जामा अतिक्रमण गरी दुबैतर्फका स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ र दशगज्जामा भारतीय पक्षले राखेको विद्युतको पोल समेत हटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण